यशोधरा गाउँपालिकाद्वारा ५२ करोडको बजेट प्रस्तुत

शम्भु माली, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाले २०७८/०७९को सातौं गाउँ सभाबाट ५२ करोड ८० लाख ८८हजार बजेट विनियोजन गरेको छ । नेपालमै आग्रगामी रुपमा यशोधरा गाँउपालिकामा कोरोना माहामारीमा रोगबाट पीडित भै जोखिम झेल्दै थोरै रातहको सास फेर्दै सातौं गाउँ सभा गरेको छ ।

महामारीमा पीडित भएका परिवारलाई तथा भारतमा काम गर्ने नेपाली मजदुरलाई विशेष किसिमको योजना ल्याएको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानीतथा सरसफाई, पशु, कृषि प्रवद्र्धनात्मक कार्यक्रम, भौतिकपूर्वाधार विकास, संस्थागत सहयोग तथा क्षमता विकास, पर्यटन प्रवद्र्धन विकास, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण सम्वद्र्धन, पूँजीगत तथा निरन्तर योजना भुक्तानी र सामाजिक सुरक्षा क्षेत्रमा चालु र पूँजीगत बजेट प्रस्तुत गरिएको हो ।

सो कार्यक्रममा संचारकर्मी, जनप्रतिनिलगायत राष्ट्र सेवककर्मचारीलाई सम्मान गरिएको थियो । गाउँपालिकालाई नमूना बनाउन नमूनायोग्य काम गर्नुपर्ने बताए । प्रस्तावित कार्यक्रमवाट यशोधरा गाउपालिकामा कृषकको लागी साना सिंचाइको लागी नयाँ बोरिङ जडान कार्यलाई प्रोत्साहित गरिएको छ ।

TOP