लमही अस्पतालमा सर्पदंशको उपचार शुरु
देउखुरी, २ साउन: दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए । स्वास्थ्यमा सुधार आएको अस्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए ।
लमहीमा अस्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति छन् । दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अस्पतालमा सर्पदंशको उपचार थालिएको हो । लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मी सर्पदंश उपचारको काममा संलग्न छन् । नगरपालिकाको लगानीमा रु दुई करोड ८० लाख बजेटमा उपचार केन्द्र भवन निर्माण गरिएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


