बिपी बहुमुखी प्रतिभाका धनीः प्रधानमन्त्री देउवा
साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भनेका छन् ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए । लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि बिपीले गर्नुभएको सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा सभापति देउवाले जोड दिए।
कार्यक्रममा सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीले नेपाललाई लोकतान्त्रिक समाजवादी देशको रुपमा स्थापित गर्ने बिपीको सपना अझै पूरा हुन नसकेको उल्लेख गरे । बिपीको सोचअनुसारको लोकतान्त्रिक समाजवादी नेपाल निर्माण गर्नसके निम्न वर्गका मानिसको पनि जीवनस्तर उकास्न सकिने उनको भनाइ थियो ।
बिपी स्मृति दिवसकै अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको विपी कोइरालाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । नेपालमा फैलिइरहेको नयाँ भेरियन्टसहितको कोरोना जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गरी सीमित व्यक्तिका बीच गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले माल्यार्पण गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


