पाल्पामा छिनछिनमा विजुली जाने समस्याको समाधान
पाल्पा ७ साउन । पाल्पाको मुख्य समस्या नै बिजुली हो । यहाँ २४ घण्टासम्म लगातार बिजुली गएका धेरै उदाहरण छन् । छिनछिनमै आउने जाने यहाँको मुख्य समस्या नै हो । बुटवलको प्रशारण लाइनमा समस्या हुनासाथ बिद्युत आपूर्ति बन्द हुने गरेकोमा बैकल्पिक प्रशारण लाइन गल्याङ्बाट लाइन जोडिएपछि समस्या समाधान हुने भएको छ ।
यो लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।खासगरि वर्षातको समयमा दोभान क्षेत्रको जंगलको लाइनका कारण पाल्पाका विद्युत उपभोक्ताहरु हैरानी परेका थिए । अन्य समयमा पनि समस्या उस्तै थियो ।पटक पटक लाइन जाने र जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था अब नआउने विद्युत कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सुशील पौडेलले बताए ।
पहिले पाल्पा बुटवल क्षेत्रको जंगलमा समस्या भएमा गल्याङ्बाट लाइन ल्याउने गरिएको थियो तर पछिल्लो एक दशक यता यो संचालनमा रहेको थिएन । त्यसले गर्दा पाल्पामा विद्युतको समस्या पटक पटक हुने गरेकोमा अव समस्या समाधान हुने बिश्वास गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


