अमेरिकी कुख्यात सिरियल किलर अल्कालाको मृत्यु
काठमाडौं, १० साउन । अमेरिकाको क्यालिफोर्नियाका कुख्यात सिरियल किलरको मृत्यु भएको छ । १२ वर्षीया बालिकाका अलावा चार महिलाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका ७७ वर्षीय रोड्नी अल्कालाको क्यालिफोर्निया स्टेटस्थित एक अस्पतालमा उपचारको क्रममा शनिबार मृत्य भएको बताइएको छ ।
अमेरिकाको एक टिभी शोमा भाग लिएका कारण ‘डेटिङ गेम किलर’ भनेर चिनिने चिनिएका अल्कालामाथि सन् २०१० मा सजाय सुनाइएको थियो । क्यालिफोर्नियाका साथै न्यूयोर्कमा समेत उनले अन्य दुई जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए ।
अल्कालालाई सन् १९८० मा १२ वर्षीया रोबिन सामसोइको अपहरण र हत्याको आरोपमा पहिलोपटक मृत्यु दण्डको सजाय सुनाइएको थियो । तर, क्यालिफोर्नियाको सर्वोच्च अदालतले उक्त फैसलालाई उल्टाउँदै नयाँ सुनुवाइ सुरु गरेको थियो । उनले दोस्रो सुनुवाइमा पनि सोही सजाय पाए । तर, सन् २००३ मा फेरि त्यो उल्टिएको थियो ।
सन् २०१० को सुनुवाइमा अल्कालाले सामसोइसहित सन् १९७७ देखि १९७९ को बीचमा १८ देखि ३२ वर्ष उमेरका थप चार जना महिलाको हत्या गरेको अभियोग लगाइएको थियो ।
सन् १९७८ मा अल्कालाले अमेरिकी टेलिभिजनमा द डेटिङ गेममा पनि भाग लिएका थिए । सन् २०१२ मा उनीमाथि न्यूयोर्कमा थप २ जना महिलाको हत्या गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको थियो ।-दृष्टिबाट
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


