एमालेमा माधव नेपालको स्थान लिने भीम रावलको रणनीति
काठमाडौं, १० । नेकपा एमालेभित्रको शक्ति संघर्षमा उपाध्यक्ष भीम रावल निर्णायक शक्ति बनेका छन् । उनले अन्तिम समयमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेर पार्टी एकताको पक्षमा भन्दै तेस्रो धार विकास गरेका छन् ।
ओली र नेपालबीचको शक्ति संघर्षका बीच रावल तेस्रो शक्ति निर्माणमा विस्तारै लागेको खुलेको छ । एमाले एकता पक्षधर भन्दै रावल रणनीतिक ढंगले अगाडि बढे । उनले शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । यसरी पक्ष र विपक्ष दुवैतर्फ मतदान नगर्नेमा ११ सांसद थिए । जसमध्ये रावल पक्षधर पनि थिए ।
अहिले रावलले विस्तारै ओली र नेपाल दुवै पक्षका सांसद तथा नेताहरुलाई तान्न थालेका छन् । एमाले एकताका लागि दबाब दिने भन्दै बैठकहरु पनि बसालेका छन् । एमाले एकताका लागि सुझाव दिन गठित विघठित कार्यदलको बैठक पनि उनकै पहलमा बस्न थालेको छ ।
रावल शक्ति सञ्चय गर्दै एमालेभित्र ओलीपछि दोस्रो वरियतामा रहने गरी बढेका छन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम ओलीविरोधी गुटमा छन् । उनीहरु एमाले विभाजनको निर्णयसम्म पुगेका छन् । यसको कार्यान्वयन हुनमात्र बाँकी छ । एमालेका नेतात्रय विभाजनको निर्णयमा पुगेमा रावल ओलीपछि शक्तिशाली धारको नेतृत्व लिने गरी बढेका छन् । उनले त्यस अनुसारको तयारी समेत गरेका छन् ।
रावलले नेपाल गुट छाडेको स्पष्ट भइसकेको छ । उनीमाथि नेता नेपालले व्यङ्ग्य गर्दै आएका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि आलोचना गरेका छन् । जवाफमा उनले पार्टी एकताको पक्षमा वक्तव्य नै जारी गरेका छन् । यसबाट रावल अब नेपालसँग नरहेको र एमालेभित्रै ओलीसँग संघर्ष गर्ने गरी आन्तरिक प्रतिपक्षी बन्नेगरी बढेको देखिदैछ ।
अहिलेपनि एमालेभित्र माधव नेपाल ओलीका मुख्य आन्तरिक प्रतिद्वन्द्वी हुन् । शक्तिका हिसाबले पनि नेपाल दोस्रो छन् । उनले एमाले विभाजन गरेमा रावल उनको स्थान लिएर शक्तिसंघर्षमा लाग्ने गरी तयार भएका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


