चोरीको मोटरसाइकल सहित वडा अध्यक्षका छोरा पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी भएको मोटरसाइकल सहित १ जना पक्राउ गरेको छ । पक्राउ हुनेमा यशोधरा गाउँपालिका ५ लोहरौलीका वर्ष २१ का तौफिक पठान रहेका छन् ।
पठानले कपिलवस्तु नगरपालिका १ बस्ने नेपाली कांग्रेसका जिल्ला नेता मोहम्मद असरद वाजिहको बा ७२ प ६३११ नम्वरको १५० सिसिको पल्सर बाइक चोरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।
वाजिहको मोटरसाइकल जेठ २४ गते हराए पछि खोजलतासका लागि प्रहरीमा निवेदन दिएका थिए । चेकिङका क्रममा काजग पत्र नभेटिए पछि च्याचिस नम्वर र इन्जिन नम्वर भिडाउने क्रममा चोरी भएको मोटरसाइकल रहेको खुलेको थियो ।
पक्राउ परेका पठानलाई चोरी मुद्धामा थप अनुसन्धान भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बनाउनु भयो । पक्राउ भएका पठान यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाइस पठानमा छोरा हुन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


