पाँच दिनपछि अब्दुलको शव फेला, कारमा सावरले नै मारेको आफन्तको आरोप
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीका ५७ बर्षिय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ । गत आइतबार विहान देखि बेपत्ता भएका मुसलमान बिहीवार शिवराज २ हरहट्टिमा मृत अवस्थामा भेटिएका हुन् । सुरहि नदिको किनारमा रहेको उक्त शवको टाउको गाडिएको,हातमा चोट लागेको देखिएको छ ।
घरबाट निस्केका ३ दिन वितिसक्दा घर नआएपछि मुसलमानको परिवारले खोजतलास गर्दा खैरी गाउँ नजिकै पुर्वपश्चिम राजमार्ग छेउमै अब्दुलको चप्पल भेटिएको थियो । चप्पल भेटिएको ठाउँमा अब्दुल घरबाट निस्केकै दिन कार दुर्घटना भएको थियो । लु १ ज ३३१३ नम्बरको कार दुर्घटना भएकै ठाउँमा अब्दुलको चप्पल भेटिनु र शव नजिकै सवारीको डाम देखिएकोले घटना रहस्मय बनेको छ ।
स्थानियहरुले भने उक्त कारले मुसलमानलाई ठक्कर दिएपछि खोला नजिकै लगेर फालेको आंशका गरेका छन् । दुर्घटना स्थलमा चप्पल भेटिनु र शव नजिकै गाडीका डामहरु देखिनुले दुर्घटनालाई लुकाउन शव फालेको हुनसक्ने स्थानिय रहिस शाहले बताउनुभयो ।

वडा प्रहरी कार्यलय चन्द्रौटाले कार चालक विरु कुवँर सहित चार जना पक्राउ गरि अनुसन्धन भइरहेको प्रहरी निरीक्षक शकंर प्रसाद आचार्यले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


