भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीमा कोरोना पुष्टि
हेटौडा, साउन १५ । मकवानपुरस्थित भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारको ब्लक ‘क’ र ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा तीन सय ५० जना भन्दा बढीलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुवैलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
बुधबार र बिहीबार गरिएको परीक्षणमा कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


