गुल्मीमा विप्लव नेकपाद्वारा जयसिंह धामीको हत्याको विरूद्व विरोध प्रदर्शन र सभा
दिपेन्द्र खत्री-साउन १८,गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले भारतीय एसएसबीद्वारा दार्जुलाका जयसिंह धामीको हत्या गरेको विरोधमा विरोध प्रदर्शन गरेको छ ।
श्रावण १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका २ मालगाउँका ३५ वर्षिय जयसिंह धामीलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा गुल्मी सदरमुकाम तम्घासमा प्रदर्शन गरिएको हाे। विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले भारतीय साम्राज्यवादीद्वारा नेपाल र नेपाली जनता माथिको ज्यादतीको घोर निन्दा गरिन्।
उनले जयसिंह धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको शान्ति, सुरक्षा कायम गर्न संसदवादीहरुले नसकेको बताईन्।इन्चार्ज अपेक्षाले आफूहरु नेपाली भूमिमा खरानी हुने तर भारतीय साम्राज्यवाद विरुद्ध निरन्तर डटेर लड्ने उद्घोष गरिन् । यो व्यवस्थाबाट जनता र रक्षा सम्भव नभएको भन्दै यो व्यवस्थालाई ध्वस्त गर्नैपर्ने धारणा राखिन् ।
कार्यक्रममा प्रमुख वक्ता रहेकि अपेक्षाले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने राजनीतिक कार्यनीति लिएको बताईन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा गुल्मी सेक्रेटरी हिमालले संसदवादी दलहरु भारतीय गुलाम,साम्राज्यवादीहरुका दास भएकाले घटनाको विरुद्ध चुइक्क बोल्न नसकेको बताए ।
हिमालले जयसिंह धामीलाई बेपत्ता बनाउनेलाई छानबिन गरि कार्वाही नगरे देशव्यापी कडा संघर्ष गर्ने उद्घोष गरे । सेक्रेटरी हिमाललेले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले एमसीसी पास भए नेपालमा अर्को बिद्रोह हुने चेतावनी दिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


