द्रुतमार्ग छिटो बनाउन निर्देशन

काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बोलाएर दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले बताएका छन् । गोरखापत्र दैनिकबाट

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP