जसपा हामीले बनाएका हौं, जसपामै छौं: अनिलकुमार झा
काठमाडौं, साउन २१ । जनता समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले महन्थ ठाकुर पक्षले पार्टी फुटाउन नचाहेको बताएका छन् । आफ्नो पक्षलाई पार्टी फुटाउनु्पर्ने कुनै आवश्यकता नरहेको नेता झाले स्पष्ट पारे ।
“हामीले १५, १६ महिना पहिले जसपा बनाएको हौं । नमिल्ने कुरा कहिल्यै गरेका पनि छैनौं,” नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आज बिहान पत्रकार ऋषि धमलासँग उनले भने, “उपेन्द्रजीले के के गरिरहनुभएको छ, त्यो उहाँको कुरा हो । हामी जनता समाजवादी पार्टीमै छौं । भोलिपर्सि पनि यसमै रहनेछौं ।”
निर्वाचन आयोगले दिएको जसपा विभाजनको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकारेपछि पार्टीभित्रको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्छ कि जसपामै रहन्छ भन्ने प्रश्नमा नेता झाले भने, “जसपा फुट्नुपर्छ भनेर अदालत गएका होइनौं, हाम्रो भनाइ त सँगै रहनुपर्छ भन्ने हो । अदालतले निर्वाचन आयोगले जस्तै निर्णय गर्छ कि के गर्छ, त्यो यसै भन्न सकिँदैन ।”
सर्वोच्चले न्याय नदिए पनि अन्याय पनि नगरेको झाको विश्लेषण छ । उनले थपे, “अर्को पक्षको पनि कुरा सुनेर आदेश दिने कुरा स्वाभाविक हो । हामीले मागेका सबै कुरा अदालत दिने कुरा पनि हुँदैन ।”
जसपाभित्र सहमतिका लागि कुनै पक्षले पनि प्रयास नगरेको झाले बताए । पार्टी अध्यक्ष उपेन्द्र यादवले नचाहे पार्टी सग्लो रहन नसक्ने पनि उनको कथन छ । “हामीले त एक ठाउँमा रहनुपर्छ भनेर पार्टी बनाएको हो । तर पनि दुवै नेताले सहकार्यमा जान नचाहेको स्थितिमा पार्टी कसरी सग्लो रहन सक्छ र ? उपेन्द्रजीले नै नचाहे त के गर्न सक्छौ र ?” उनले थपे, “जसपालाई एकीकृत शोषित पीडित मधेसी, जनजातिलगायतको पार्टी बनाउन खोजेका हौं । त्यसका लागि सँगसँगै रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।”
जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान नहतारिएको पनि उनले दाबी गरे । “म ४-५ दिनदेखि राजधानीबाहिर छु, हामीले सरकारमा जान किन हतारिनुपर्यो ? सरकारमा जाने कि नजाने नेताहरुले छलफल गरेको मलाई जानकारी छैन ।”
सरकारमा नगएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि उनले स्पष्ट पारे । उनले भने, “भरखर समर्थन दिएका हौं । सरकारलाई केही समय काम गर्न दिनुपर्छ । फिर्ता लिने कुरै छैन ।”
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


