जापानलाई पराजित गर्दै मेक्सिकोले जित्यो ओलम्पिक फुटबलको काँस्य
एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फको काँस्य पदक मेक्सिकोले जितेको छ । आयोजक जापानलाई ३-१ ले पराजित गर्दै मेक्सिकोले काँस्य जितेको हो ।
खेलमा अधिकांश समय बल नियन्त्रणमा राखेपनि जापानको गोल गर्ने प्रयासहरु मेक्सिकोका अनुभवी गोलरक्षक गुलिलेरमो ओचोआले विफल पारेका थिए ।
मेक्सिकोका लागि कोरडोभाले पेनाल्टी गोल गर्नुका साथ दुई गोलमा अवसर सृजना गरिदिएका थिए । जापानका मिटोमाले दोस्रो हाफमा गोल गरेर दबाब बढाएपछि बराबरी गर्ने प्रयास सफल भएन ।
घरेलु मैदानमा पराजित भएपछि जापानका अधिकांश खेलाडी रोएका थिए । उनीहरुलाई मेक्सिकोका खेलाडीले समेत सम्झाएका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


