कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित हुने
काठमाडौं, २२ साउन । सरकारले कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षाहरु स्थगित गर्ने कदम चाल्न लागेको हो ।
आज स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका छन् । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराए ।
स्वास्थ्य मन्त्रालयले नै परीक्षा स्थगत गर्न सिफारिश गरेपछि स्थगन हुने संकेत देखिएको छ । परीक्षा स्थगत गर्न सर्वत्र दबाब बढेको छ । चिकित्सक र विज्ञहरुले नागरिकको जीवनरक्षाका लागि परीक्षा स्थगत गर्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न स्वीकृती दिएपछि कक्षा १२ को परीक्षा साउनको अन्तिमबाट सुरु गर्ने गरी सूचना जारी भएको थियो । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयले परीक्षा तालिका नै सार्वजनिक गरी सूचना जारी गरेका थिए । अब बै परीक्षाहरु स्थगत हुने निश्चितप्रायः भएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


