अवैध खाद्य पदार्थ बरामद
कर्णाली, २३ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।
प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु १४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक घर्तीले भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यबस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


