टोकियो ओलम्पिक आज सकिदै
एजेन्सी, २४ साउन । आज टोकियो ओलम्पिकको अन्तिम दिन । सन् २०२० मा हुनुपर्ने ओलम्पिक एक वर्ष ढिलो गरी जापानले सफलतापूर्वक सम्पन्न गर्दैछ ।
यसपटकको ओलम्पिक इतिहासमै पृथक रह्यो । प्रत्यक्षरुपमा दर्शकहरु खेल हेर्न उपस्थित हुन दिइएन । तर, टेलिभिजनहरुबाट खेल हेरिए । खेलाडीहरुले पनि खेल्दाबाहेक मास्क अनिवार्य लगाउनुपरेको थियो । कतिपय खेलाडी कोरोना भाइरसको संक्रमित हुँदा खेल्न पाएनन् ।
यसैगरी, आज ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने देशको टुंगो लाग्दैछ । आज विहानसम्म चीन ३८ स्वर्णका साथ अग्रस्थानमा छ । अमेरिका ३६ स्वर्णका साथ दोस्रो स्थानमा छ । यी दुई देशमध्ये ओलम्पिकमा पहिलो स्थान हासिल गर्ने देशको टुंगो आजै लाग्नेछ । आज १३ स्वर्णको छिनोफानो हुँदा चीन र अमेरिकाबीच नै पहिलो र दोस्रो स्थानको प्रतिष्पर्धा हुँदैछ । आयोजक जापानले २७ स्वर्णका साथ तेस्रो स्थान पक्का गरिसकेको छ ।
आज विहान भएको पुरुष म्याराथुनको स्वर्ण केन्याका इलिउड किप्चोगेले जितेका छन् । उनले २ घन्टा ८ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् । नेदरल्यान्डका अब्डी नागीले रजत र केन्याका लरेन्स चेरोनोले काँस्य जिते ।
किप्चोगेले सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा पनि उनले स्वर्ण जितेका थिए ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


