सरकारमा सहभागी नहुने रणनीतिमा उपेन्द्र यादव
काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न तछाडमछाड भएको छ । २० भन्दा बढी मन्त्रीका आकांक्षी देखिएपछि जसपाभित्र मन्त्री बन्नका लागि तछाडमछाड भएको हो ।
अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन खोजेपछि उनलाई रोक्न संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का नेता अशोक राई लागे । यादवलाई प्रधानमन्त्री बन्ने गरी बढ्न हिसिला यमीले ट्वीट नै गरिन् ।
आफू सरकारमा सहभागी हुनबाट रोकिने निश्चितप्रायः भएपछि उपेन्द्र यादवले पार्टीलाई नै सरकारमा सहभागी हुनबाट रोक्न लागेका छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले भविष्यमा सांसदहरुलाई आफू पक्षमा यथावत् राख्न चुनौती हुने देखेर पनि यादव पार्टीलाई सरकारमा नलाने रणनीतिमा लागेका छन् ।
यादवलाई रोकेर राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवको नेतृत्वमा जसपा सरकारमा जानेबारे छलफल अगाडि बढेको छ । डा. बाबुराम भट्टराई र अशोक राई राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने पक्षमा छन् । तर, श्रेष्ठलाई नेतृत्व गराएर सरकारमा जाँदा मधेशमा चुनाव जितेर आएकाहरु चिढिने भन्दै उपेन्द्र यादव तयार छैनन् ।
महेन्द्र राय यादव गुट परिवर्तन गरेर आएकाले उनलाई सरकारमा पठाउँदा उपेन्द्र यादव पक्षका धेरै नेताहरु चिढिने सम्भावना उत्तिकै छ । त्यसैले यादव अप्ठ्यारोमा छन् ।
सरकारमा सहभागी हुने भन्दा अन्य पदहरु दाबी गरेर लाभ लिने गरी उपेन्द्र यादव रणनीतिक रुपमा बढ्न खोजेको बुझिएको छ । यादवलाई कमजोर देखाउने गरी बाबुरामले मौका कुरिरहेका छन् ।
पार्टी सरकारमा सहभागी हुँदा कस्को नेतृत्वमा जाने र को को जाने भन्नेबारे टुंगो बहुमतको निर्णयबाट गराउने रणनीतिमा बाबुराम भट्टराई र अशोक राई बढेको बुझिएको छ । उपेन्द्र यादवले सरकारमा सहभागी नहुने निर्णय लिन खोजे बहुमतबाट सहभागी हुने निर्णय गराउने देखि नेतृत्वकर्ताको टुंगो लगाउने गरी उनीहरु बढेका छन् । यसले जसपाभित्र नयाँ टकराव बढेको छ ।
अर्कोतर्फ, महन्थ ठाकुर र राजेन्द्र महतो मधेश झरेर पकड बनाउन लागेपछि उपेन्द्र यादवमाथि चुनौती बढेको छ । यसले उनी झन् समस्यामा परेका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


