एमाले बैठकमा के के भयो
काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
विधान महाधिवेशन २७ र २८ भाद्रमा बोलाउने गरी तोकिएको छ । त्यसका लागि पनि विधान संशोधनका लागि प्रस्ताव लगिएको छ ।
राजनीतिक र सांगठनिक प्रतिवेदन पेश भएर छलफल गरी एउटै रुप दिइएको र केन्द्रीय कमिटीमा निर्णयार्थ प्रस्तुत गरिने छ । एमाले विधानमा ७० वर्षको उमेर हदको विषय पनि छ । त्यसलाई पनि संशोधन गर्ने तयारी भइरहेको छ । एक व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने लगायत विषय पनि छन् ।
यसैगरी, आजको बैठकमा पनि उपाध्यक्ष वामदेव गौतम सहभागी भए । उनी पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक छन् । नेपाल भने सहभागी भएनन् । उनी पक्षधर स्थायी कमिटी सदस्य पनि बैठकमा अनुपस्थित भएका थिए ।-फाइल तस्बिर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


