कोरोना लगत्तै महाराष्ट्रमा जीका भाइरस फैलियो, ७५ गाउँमा खतराको घन्टी
एजेन्सी, २६ साउन । भारतको महाराष्ट्रमा कोरोना भाइरसको आतंकपछि जीका भाइरसको खतरा बढ्दै गईरहेको छ । पुणेमा जीका भाइरसलाई लिएर प्रशासनले चेतावनी समेत दिएको छ ।
जिल्ला प्रशासन पुणेले ७५ गाउँमा जीका भाइरस फैलिएको आशंका गर्दै सर्तक रहन चेतावनी दिएको छ । अगस्ट महिनाको सुरुवातमा पुणेमा ५० वर्षीया महिला जीका भाइरस संक्रमित भएकी थिइन् । उनी जीका भाइरसको संक्रमणको साथै चिकनगुनिया समस्याबाट पनि पीडित थिइन् । तर, उनी हाल स्वस्थ्य भएकी छिन् ।
भारतमा जीका भाइरसको सबैभन्दा धेरै असर केरलमा देखिएको छ । त्यहाँ हालसम्म ६० जना भन्दा बढी संक्रमित भेटिएका छन् । केरल प्रशासनले पनि सर्तक रहन चेतावनी दिएको छ।
कसरी फैलन्छ जीका भाइरस ?
डाक्टरहरुको अनुसार जीका संक्रमण एयरोसोल अर्थात सम्पर्कमा आउनाले फैलिदैन् । यो लामखुट्टेले टोकेपछि फैलिन्छ । यो महामारी रोगको फरक विज्ञान हो । जीका कहाँबाट आयो त्यसको बारेमा अनुसन्धान गर्नुपर्ने विशेषज्ञहरु बताउछन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


