ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ
२८ साउन । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ परेका छन् । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका(७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका(६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका १४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न ग बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले बताएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


