त्रिनेत्र आधारभूत विद्यालयको अध्यक्षमा विजय कुमार कुर्मी निर्विरोध चयन
विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. ७ मधुनगर (सोनवर्षा) मा रहेको त्रिनेत्र आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा विजय कुमार कुर्मी निर्विरोध चयन हुनु भएको छ । आइतवार बसेको बैठकले ९ जना सदस्यसहितको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो ।
गत साउन २७ गते अभिभावक भेलाबाट सर्वसम्मतिबाट ४ जना छनोट भएका थिए । जसमा पुरुष सदस्यमा, विजय कुमार कर्मी, लक्षमण कहाँर, महिला सदस्यमा जोखना कोहाँर, दुर्गवती कोरी चयन भएका थिए । आजको बैठकले पुरुषतर्फ जनकराम पासी र महिलातर्फ किशमति अहिरलाई मनोनितमा छनोट गरी विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
शिक्षक प्रतिनिधिबाट बेद प्रकाश चौधरी, सदस्य सचिवमा प्रधानाध्यापक प्रमिला चौधरी, पदेन सदस्य वडाध्यक्ष दिनेश कुमार चौधरी गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै ११ जनाको अभिभावक संघ पनि गठन गरिएको छ । जसको संयोजकमा लल्लु धोबी चयन हुनुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


