मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ
४ भदौ । मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका ११ स्थित बसपार्कस्थित सडकमा मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ बस्ने २० वर्षीय सुन्दर मल्ल र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी गरेको भे.३ प ६००४ नम्बरको १ थान मोटरसाइकल, मोटरसाइकलको १ थान हेड लाईट, १ थान ट्याङ्की कभर, १ थान स्क्रु ड्राईभर, १ थान रेन्ची, ७ थान मोटरसाइकल स्टिकर, ३ थान मोबाईल सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १३ ट्याब्लेट समेत बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


