लगातार तेस्रो जित निकाल्दै पीएसजी फ्रेन्च लिगको शिर्ष स्थानमा
५ भदौ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा फ्रान्कले गोल गर्दै ब्रेस्टलाई २–१ को स्थितिमा ल्याए । ७३ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।
८५ औं मिनेटमा ब्रेस्टका स्टिभले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डी.मारियाले गोल गर्दै पीएसजीलाई ४–२ गोलको जित दिलाए । यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडदै शीर्ष स्थानमा रहेको छ ।-
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


