कोरोनाविरुद्धको स्पुतनिक भी भ्याक्सिनको नयाँ संस्करण तयार
६ भदौ । रुसी कोरोना खोप निर्माता कम्पनी ग्यामलेया सेन्टरले स्पुतनिक भीको नयाँ संस्करण तयार गरेको छ । भ्याक्सिनले नयाँ भेरिएन्टको कोरोनालाई परास्त पार्ने क्षमता रखेको कम्पनीले जनाएको छ । उक्त भ्याक्सिनलाई तत्कालै कुनै किसिमको अपडेट गर्न नपर्ने समेत कम्पनीले जनाएको छ ।
कम्पनीको निर्देशक एलेकजेन्डर गिंन्टवर्गको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ, ‘हामीले स्पुटनीक भीको नयाँ संरचना तयार पारेका छौँ । रुसी रेगुलेटरले भ्याक्सिन चेन्ज गर्न आदेश दिएपछि हामीले नयाँ संरचना बुझाउने छौँ । यसले कोरोनाबाट उत्पन्न भएको सबै प्रजातीलाई परास्त गर्ने क्षमता राखेको छ ।’
रुसी खोप निर्माता कम्पनीले तयार पारेको स्पुतनिक भीलाई रुसी स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध प्रयोग गर्ने अनुमति गत वर्षको अगस्त महिनामा दिएको थियो । स्पुतनिक भी कोरोनाविरुद्ध प्रयोग हुने पहिलो खोप रहेको छ । यसलाई ६९ देशले प्रयोग गर्न मान्यता दिइसकेको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


