वर्षा शनिबारसम्म नै सक्रिय रहने
भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ ।
झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल तथा मौसमविज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका विभिन्न स्थानमा लगातार बदली कायम रही हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
पहाडी भेगका बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा पनि हल्कादेखि मध्यमसँगै केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ । महाशाखाले जनाएअनुसार बुधबारदेखि लुम्बिनी, कर्णाली र सुदूूरपश्चिमका विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


