भोलि शैक्षिक सस्था बन्द
काठमाडौ :विप्लव निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी)ले फागुन १४ गते संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा देशव्यापी शैक्षिक आमहड्तालको आयोजना गरेको छ ।
यसक्रममा लुम्बिनी व्युरो अन्तर्गतका सबै जिल्लाका शैक्षिक संघसंस्थाहरु बन्द रहने आयोजकले बताएको छ । लुम्बिनी व्युरो अन्तर्गत नवलपुरबाट रुपा बुढा मगर, पाल्पा सारदा भन्डारी, रुपन्देहीबाट गोपाल रोक्का, कपिलवस्तु बिष्णु राउत, अर्घाखाँचीबाट नविन खड्का, नवलपरासीबाट सुशील परियारले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै जिल्लास्थित सबै शैक्षिक संस्थाहरु बन्द गर्न अनुरोध गरेका छन ।
ती सबै जिल्लाका अध्यक्षहरुले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांगठनिक कामको सिलसिलामा रहेको बेला संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरि राजनीतिक आस्थाकै कारण झुठा मुद्दा लगाएर गैरन्यायिक हिरासतमा राखिएको बताएको छ । उनीहरुको गैरन्यायिक गिरफ्तारी, धरपकड र झुठा मुद्दा खारेज गर्न र तत्काल रिहा गर्न शैक्षिक संस्था बन्द गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…


