पर्सामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु
१७ भदौ, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । पोखरीया नगरपालिका–१ बस्ने ३३ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान १ः४५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
‘विरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’
युवा अवस्थाका मानिसलाई समेत कोरोनाले एग्रेसिभली आक्रमण गरेको बताउँदै डाक्टर उदयले कुनै नयाँ भेरियन्टको संक्रमण हुन सक्ने बताए ।
नारायणी अस्पतालमा असार २३ गते यता कुनै पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जनामात्रै सक्रिय संक्रमित छन् ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


