वडा अधिवेशनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व चयन गर्न सकोस् : प्रकाशमान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । उनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि गरेका छन् ।
१४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भनेका छन्, ‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’
विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भनेर उनले शुभकामना पनि दिएका छन् । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताउँदै उनले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न अपील गरेका छन् ।
संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व आजको आवश्यक्ता भएको उनले बताएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


