तालिवानले पन्जसिर कब्जा गरेकै हो ?
भदौ । अफगानिस्तानको सत्ता हतियारको बलमा कब्जा गरेको तालिवानले पन्जसिर पनि कब्जा गरेको दाबी गरेको छ । काबुलमा नियन्त्रण बनाएको ३ हप्तापछि तालिवानले विरोधी समूहको आधारशक्ति रहेको पन्चसिर पनि कब्जा गरेको दाबी गरेको हो ।
तालिवानले पन्चसिरमा झण्डा गाडेको सामाजिक सञ्जालमा राखेको छ । तालिवान प्रवक्ता जबिहुल्ला मुजाहिद्दले सोमबार पन्चसिर कब्जामा आएको दाबी गरे । तर, विरोधी समूहले त्यसको खण्डन गरेको छ । उक्त समूहले युद्ध जारी रहेको भनेको छ ।
तालिवानविरोधी नेष्नल रेसिस्टेन्स फ्रन्ट एनआरएफका प्रवक्ताले तालिवानको विजय गलत भन्दै लडाईं जारी रहेको बताएका छन् । एनआरएफको फौज रणनीतिक ठाउँहरुमा रहेको बताए । तर, एनआरएफका नेताहरु अहमद मसुद र अमरुल्ला सलेह कहाँ छन् भन्ने अज्ञात छ ।
पन्जसिर उपत्यकामा तालिवानले ठूलो क्षति व्यहोरेको छ । त्यहाँ सयौं तालिवानी सेना मारिएका छन् ।
पन्जसिर रणनीतिक उपत्यका हो जुन अफगानिस्तानमा सबैभन्दा विकसित र प्रभावशाली मानिन्छ । सोभियत सेनाले समेत पन्जसिरमा नियन्त्रण बनाउन सकेको थिएन । तालिवानले यसअघि अफगानिस्तानमा नियन्त्रण बनाउँदा पनि पन्जसिर कब्जामा आउन सेकेको थिएन । यसपटक तालिवानले पन्जसिरले प्रतिष्ठाको विषय बनाएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


