नागरिक रक्षा अभ्यासको क्रममा रुसका आपतकाल व्यवस्था मन्त्रीको मृत्यु
काठमाडौं । रुसका आपतकाल व्यवस्था मन्त्री येभगेनी जिनिचेभको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा जिनिचेभको मृत्यु भएको हो । अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा ५५ वर्षीय जिनिचेभको मृत्यु भएको हो ।
रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार अन्तर्वार्ताको क्रममा पहाडबाट क्यामेराम्यान खसेका थिए । उनी क्यामेराम्यान पानीमा खसेसँगै उनलाई बचाउन जिनिचेभ पनि हाम फालेका थिए तर उनी पहाडमा बाहिर निस्किएको चट्टानमा ठोक्किएका थिए । त्यसलगत्तै उनको मृत्यु भएको हो । समाचारमा उल्लेख गरिएअनुसार पानीमा खसेका क्यामेराम्यानको पनि मृत्यु भएको छ ।
जिनिचेभ सन् २०१८ देखि रुसको आपतकाल व्यवस्था मन्त्रीको रुपमा रहेका थिए । उनी राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षा व्यवस्थाका प्रमुख सदस्य पनि रहँदै आएका थिए ।
रुसी सञ्चारमाध्यमका अनुसार रुसको क्रास्नोयास्र्क क्षेत्रमा उक्त अभ्यास भइरहेको थियो । आर्कटिक क्षेत्रमा संकट समाधानको लागि राष्ट्रपति पुटिनको निर्देशनअनुसार नै उक्त अभ्यासको आयोजना गरिएको थियो । यो अभ्यासमा ६ हजार विशेषज्ञहरु सहभागी थिए ।
एजेन्सीहरुको सहयोगमा
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


