९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
कपिलवस्तु-कपिलवस्तुमा ९ वर्षीय वालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक संकर आचार्यले बताउनुभयो ।
अन्सारीले ती वालिकालाई भदौ २१ गते रातको समयमा पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पिडित परिवारको भनाई रहेको छ । अन्सारी १२ वर्ष देखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।
करणी पश्चात फरार रहेका उनलाई २२ गते नै पक्राउ गरिएको निरिक्षक आचार्यले बताउनुभयो । अहिले मुद्धा दर्ता गरी अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


