सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले आयोगसहितका विपक्षीलाई भदौ २९ गते छलफलमा बोलाएको छ । भदौ २९ गतेसम्म सांसद पाण्डे र भट्टलाई सांसद पदबाट कारबाही नगर्न पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका क्रममा केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर सनाखत गर्ने क्रममा सांसद पाण्डे र भट्ट पनि निर्वाचन आयोग पुगेका थिए । तर निर्वाचन आयोगले दल दर्ताका क्रममा दिएको निवेदनमा उनीहरुको नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


