बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका- २९ असन बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन् ।
प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए ।
दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।
पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


