अबैध ४ हजार २ सय कुखुराका चल्ला नष्ट


कपिलवस्तु कपिलवस्तुको कृष्णनगर बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका ४ हजार २ सय कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरिएकाे छ । कृष्णनगर नगरपालिका १ डुमइबाट  बाेइलर कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे प्रहरीले जनाएको छ  ।भारत बाट नेपाल प्रवेश गराउन खोज्दा कुखुरा ईप्रका कृष्णनगर र बिओपी कृष्णनगरको टोलिले पक्राउ गरेको हो  । नेपालमा प्रतिबन्ध रहेकाे चल्ला चाेरी बाटाे प्रयाेग गरि ल्याई रहेकाे सुचनाकाे आधारमा पक्राऊ गरिएकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक सुकदेव पाैडेलले बताउनुभयो  । पक्राऊ परेकाे कुखुराकाे चल्ला लुम्बिनी प्रदेश हेचरी संघ रूपन्देहीका प्रतिनिधि डा.अखिलेश्वर पाण्डे,कृष्णनगर पशु क्वारेन्टाइन चेक पाेष्ट प्रमुख दयाराम चाैधरी,पत्रकार,स्थानिय जनताकाे राेहबरमा नष्ट गरिएकाे छ । पक्राऊ परेकाे चल्ला करिव ४ लाख २० हजार बराबर रहेकाे प्रहरीले जनाएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP