माधव नेपाल छाडेर एमालेमा बस्नेहरु समूह नेतामा छानिएनन्
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् ।
१५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिरहेका हुन् ।
समूहगत छलफल गर्न १० समूह बनाइएको थियो । तर १० समूहकै टोली नेता अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु मात्रै बनेका छन् । १० बुँदे सहमति गरी एमालेमै बसेका कोही पनि समूह नेतामा चयन हुन सकेनन् ।
प्रदेशअनुसार, बनाइएको टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागबाट खगराज अधिकारी छन् ।
यी सबै नेता अध्यक्ष ओली निकट हुन् । ‘यो संयोग मात्रै हो । यसै गरौं भनेर भएको होइन’, एक नेताले भने । २ भदौमा माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ५७ नेता १० बुँदे सहमति गरी एमालेमा बसेका थिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


