बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति सिफलबाट पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् ।
उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो ।
नारायणभक्तलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ ।
नारायणभक्तले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सिटिजन्स बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


