एट्लेटिकोसँग बार्सिलोना पराजित
काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले पराजित गरेको छ ।
एट्लेटिकोलाई जिताउन घरेलु मैदानमा थोमसले २३औं र बार्सिलोनाकै पूर्व खेलाडी लुइस सुआरेजले ४४औं मिनेटमा गोल गरे । दुवैले एक अर्कालाई गोलका लागि सहयोग समेत गरेका थिए ।
यस जितले एट्लेटिकोले शीर्ष स्थानमा रहेको छिमेकी रियल मड्रिडसँग अंक बराबरी गरेको छ । एट्लेटिको ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो ।
एक खेल कम खेलेको रियल शीर्ष स्थानमा छ ।
बार्सिलोनाले भने ला लिगामा यस सिजन पहिलो हार बेहोरेको छ । ७ खेल खेल्दा तीन जित र तीन बराबरी र एक हारबाट १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । रियल र एट्लेटिको भन्दा बार्सिलोना ५ अंकले पछि छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


