मुख्यमन्त्री राउतको राजीनामा माग्दै लोसपाले प्रदेशसभा बैठक अवरुद्ध गर्ने
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने लोसपाको माग छ ।
मुख्यमन्त्रीले राजीनामा दिएर अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने लोसपा सांसद परमेश्वर साहले बताए । उनका अनुसार २० गतेको प्रदेशसभाको बैठक यही माग राखेर अवरुद्ध गरिने निर्णय भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन २० गते प्रदेशसभाको बैठक बोलाइएको छ । सत्तारूढ जसपा फुटेपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


