कपिलवस्तुको कृष्णनगरमा झाडा पखालाले २ जना को मृत्यु
कपिलवस्तु असोज १९ गते ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५,७,८ र ९ वडामा आइतबार राती देखी प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो । झाडा पखालाको कारणले वडा नं. ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्षमा ५ को राज कश्यप र वर्ष ४० को राम प्रसाद केवट रहेको स्थानीय मनिष गुप्ताले बताउनु भयो ।
वडा भरी प्रकोप फैलिए पछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनु भयो । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन सकेको छैन । नगरपालिका वडा नं. ९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनु भयो । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले २ जना चिकित्सक र प्रदेशबाट उपचार टोली आउदै गरेको बताइएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


