मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार मुकदर्शक : विष्णु पौडेल
बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।
रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनको उद्घाटन गर्दै उनले आफूले शिलान्यास गरेको औद्योगिक क्षेत्र स्थापनाको काम असफल पार्न खोजिएको आशंका व्यक्त गरे । मोतीपुर औद्योगिक क्षेत्रमा केही महिनायता सुकुम्बासीको नाममा टहरा बनाउने र जग्गा कब्जा गर्ने प्रयास भइरहेको छ ।
प्रहरी प्रशासनले टहरा भत्काइदिने र सुकुम्बासीको नाममा टहरा बनाउने क्रम रोकिएको छैन । गत फागुनमा पौडेलले औद्योगिक क्षेत्र शिलान्याश गर्दा पनि स्थानीयले ढुंगामुढा गरेर कार्यक्रम बिथोलिदिएका थिए ।
आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै पौडेलले अहिलेको सरकारले ती नीति कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उल्लेख गरे ।
नेता पौडेलले बुटवलको ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान खोज्न पनि सरकारलाई आग्रह गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगायतका विकास निर्माणका कामलाई अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


