कपिलवस्तुमा झाडापखाला : २७ दिनको बच्चा सहित ६ जनाको मृत्यु
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका ५ वडामा फैलिएको झाडापखाला तथा वान्ताको प्रकोपका कारण हालसम्म ६ जनाको ज्यान गएको छ।
नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला तथा वान्ताका बिरामी देखा परिरहेका छन् । जसमा ७५८ जना शिवराज अस्पताल बहादुरगंज उपचार गराउन पुगेका थिए । त्यस्तै सयौँको सख्यामा बिरामीहरू निजी क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्थामा पुगी उपचार गराएको बहादुरगंज स्थित सेवा मेडिकल हलका प्रमुख डाक्टर कमलेश यादवले जानकारी दिनुभयो । डा. यादवले भन्नुभयो,‘३५ देखि ४० वटा झाडापखाला तथा वान्ताका बिरामीको उपचार हामीले पनि गरेका छौ । यस्तै अन्य निजी क्लिनिकहरूले पनि गरेका छन् ।’
उता जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे भने शिवराज अस्पतालमा आएको बिरामीलाई मात्र आधिकारिक हुने बताउनुहुन्छ । झाडापखाला तथा वान्ताका बिरामी निजी क्लिनिकमा उपचार कै क्रममा मृत्यु हुँदा पनि आधिकारिक नमानिएको स्थानीयहरू बताउँछन् । अहिलेसम्म झाडापखाला तथा वान्ताको प्रकोपमा परि ६ जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भने अहिलेसम्म झाडापखालाबाट ३ जनाको मृत्यु भएको उल्लेख गरेकाे छ ।
मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ८ बहादुरगंजका ४० वर्षीय पुरुष, कृष्णनगर नगरपालिका ९ बहादुरगंजका ६ वर्षीय बालक, शिवराज नगरपालिका ८ कोपवाकी ८ बर्ष बालिका,कृष्णनगर नगरपालिका ७ सुखरामपुरका २७ दिनको बच्चा र कृष्णनगर नगरपालिका ८ बहादुरगंजको एक जना महिलाको पेटमा रहेको बच्चा र कृष्ण नगर ८ बहादुरगंजका ४ वर्षका बालकको मृत्यु भएको हो ।झाडापखालाका बिरामीहरु शिबराज नगरपालिका तीन वटा वडामा समेत देखिन थालेका छन् । यस अघि कृष्णनगर नगरपालिकामा मात्र बिरामी देखिएका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


