राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ ती मन्त्रीले भने ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।

दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन नेकपाको पूर्व एमाले समर्थिक सिलवाललाई सदस्य सचिव बनाएपछि पूर्व माओवादी समूहका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP