टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हरायो
काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो ।
नामिबियाले दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डो ३० रनमा अविजित रहे । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका क्रेग विलियम्सले २९, गेर्हार्ड एरास्मुसले २० तथा जेजे स्मिथले अविजित १२ रन जोडे । नामिबियाका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहीरु कुमारा र वाविन्दु हसरंगाले २/२ विकेट लिए । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई सात विकेटले हराएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam