बझाङमा पहिरो : ८ जनाको मृत्यु
बझाङ : बझाङमा पहिरोबाट ८ जनाको मृत्यु भएको छ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसराको ज्यान गएको छ।
यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा विरु गिरी र उनकी श्रीमती चन्दा गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
पहिरोले पुरेर खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका धनराज जोशी मृत फेला परेका छन्।
जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ।
बेपत्ता भएका नरेश पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काका अनुसार सनाखत हुन सकेको छैन। अन्य २१ जनाको खोजी भइरहेको छ।
खप्तडछान्ना गाउँपालिका–६ मा नर्सरीबाट घर आउने क्रममा बाटोमा चिप्लिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका रन्या आग्री रहेका छन्।
हालसम्म बझाङमा ८ जनाले ज्यान गुमाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam