मुलुकको चिन्ता विप्वललाई, दुर्घटना पर्न सक्ने सम्भावना
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले मुलुक दुर्घटना पर्न सक्ने सम्भावना रहेको बताउनुभयो । अहिले जसले जे गरेपनि,जे बोलेपनि हुने अवस्था आएकोले यो अवस्थामा देशको चिन्तन गर्ने बेला आएको बताउनुभयो ।
कपिलवस्तुको शिवगढीमा आयोजित पार्टीका वरिष्ठ नेता केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द बिरजंगको शोक सभामा बोल्दै विप्लवले एक कुशल अभिभावक गुमाउँदा पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो । विगत देखिनै कम्युनिष्ट आन्दोलनमा सारिक भई विभिन्न सर्घष गर्नुभएका चन्दको योगदानको प्रशसा गर्दै देश र जनताको लागि केहि समय जेल जिवन पनि बिताएको स्मरण गर्नुभयो ।
विप्लवले काग्रेसले मुलुकमा गरेको योगदानमा प्रशंसा गर्दै पछिल्लो समय देशलाई राजनितिक दलहरुले अस्थिरताको बाटोमा लागेको बताउनुभयो । टिकाउ सरकार बनाउन नसकि धेरै सख्यामा मन्त्रीमण्डल तथा गठन र राजिनामा बाहेक अरु केहि गर्न नसकेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले साम्राराज्य वाद सँगको लडाई नसकिएको बताउनुभयो ।
अझै क्रान्ती नसकिएको भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने तर्क राख्नुभयो । पूर्व सभामुख समेत रहनुभएका महरा अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई आखाँ लगाएको एमसिसि मार्फत नेपाललाई गलत दिशा तर्फ लैजान लागेको बताउनुभयो । उहाँले नेपाललाई एमसिसिको कारणले नेपाललाई पराधिन बनाउने बताउनुभयो । जनताको गोलबन्द बनाउँदै क्रान्ती र विद्रोह आवश्यक रहेको जिकिर गर्नुभयो ।
सामन्तहरुले फेरी टाउँको उठाउन खोजेको भन्दै त्यसको अन्त्यको लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । महराले विरजंग प्रति श्रदान्जली व्यक्त गर्दै एक होनाहार व्यक्ति गुमाउनुपर्दा पिडा भएको बताउनुभयो । कार्यक्रम पार्टीका नेता कार्यक्रमताहरुले विरजंगको फोटोमा माल्यपर्ण गरेका थिए ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam