विजयनगरमा जसपाकाे पालिका स्तरीय भेला सम्पन्न


शिवराज अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालकाे पालिका स्तरीय भेला शनिबार सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नं.६ मा अवस्थित हरिबोध आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको आयाेजक जनता समाजवादी पार्टी गाउँ समितिले जानकारी दिएको छ। 
कार्यक्रमलाई सम्बाेधन गर्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य  मोहम्मद इस्तियाक राईले मधेशमा सुनिश्चित नभएका हक, अधिकार, स्वतन्त्रता मधेस आन्दोलनबाट प्राप्त हुँदै आईरहेकाे बताउँदै अब पार्टीेले जनताका न्याय प्राप्तिका लागि कदम चाल्नुपर्ने आवश्यक रहेकोले जसपाले वकालत गर्ने   उहाँले बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जसपाका केन्द्रीय कार्यकरिणी सदस्य नरसिंह चौधरीले मधेस आन्दोलनकाे अथक प्रयासले मधेसमा उल्लेखनीय परिवर्तन आएकाे बताउनुभयाे । उहाँले मधेसमा जनताका हक, अधिकार, संरक्षण र न्यायका लागि जसपा नेपाल पार्टी मात्र रहेकोे बताउँदै सबैले एकजुट भई पार्टीलाई अझै बलियो बनाउन र सक्रियता देखाउन आग्रहसमेत गर्नुभयो ।

यस्तै लुम्बिनी प्रदेश इन्चार्ज दान बहादुर चौधरीले आगामी चुनावमा बहुमतका साथ जीत हुने दाबी गर्दै मधेसमा विकासका लागि पार्टीलाई मजबुत बनाउन सबैको साथ र सहयाेगकाे आवश्यकता रहेकाले जसपा पार्टीमा लाग्नुपर्ने बताउनुभयो ।

प्रदेश अध्यक्ष अशोक कुमार यादवले अन्य पार्टीले देखाएकाे प्रलोभनमा नपरी आफ्नो अधिकार र स्वतन्त्रताका लागि जसपा पार्टी नै मधेसकाे साथी भएकाे बताउनुभयाे । देशमा भईरहेकाे भ्रष्टाचार र अनियमितता विरुद्ध निडर भई सामाना गर्न उहाँले बताउनुभयो ।

प्रदेश योजना आयाेगका सदस्य शिवपुजन यादवले उत्पीडित, शोषितहरुका न्यायका लागि एक मात्र पार्टी  जसपा नेपाल रहेकोे बताउनुभयो । जसपा बिना देशमा विकास र समृद्धि हुन नसक्ने भन्दै सबै जसपा पार्टीमा गाेलबद्ध हुनुपर्ने बताउनुभयो ।

जसपा जिल्ला उपाध्यक्ष राम निवास पुरीले बेमौसमी अविरल वर्षाले धानबालीमा भएकाे क्षतिलाई मध्येनजर गर्दै छिटो भन्दा छिटो नेताहरूले थप पहल गर्न आग्रह गर्नुभयो । उहाँले किसानको पिडामा पार्टी सरिक भई क्षतिपूर्ति  बाड्दा सर्वदलीयको निर्णयलाई व्यवस्थापन गर्न जोड दिनुभयो । 
शनिबार सम्पन्न जसपा भेलाले सन्तराम तेलीकाे अध्यक्षतामा ५१ सदस्यसहित नयाँ समितिसमेत गठन गरिएको जिल्ला उपाध्यक्ष राम निवास पुरीले बताउनुभयो । उक्त भेलामा २ सय जना भन्दा बढीले पार्टी प्रवेश गरेकाे पुरीले बताउनुभयो ।

पार्टीका नेताहरू राज कुमार चौधरी, अकरम पठान लगायत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियोे । जसपा विजयनगर गाउँ समितिको अध्यक्ष सन्तराम तेलीको अध्यक्षता, सचिव अशोक जैसवालको संचालनमा भएको कार्यक्रममा नेता, कार्यकर्ता, समर्थक लगायतकाे उपस्थित रहेकाे थियाे ।

TOP