कानुन व्यवसायीहरूले आज पनि सर्वोच्चअगाडि प्रदर्शन गर्ने
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलन सुरु गरेका कानुन व्यवसायीहरूले आज पनि कालोपट्टि बाँधेर सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने भएका छन्।
नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबारदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन सुरु गरिएको हो। पाँच दिनभित्र राजीनामाको अल्टिमेटम दिएर सुरु भएको आन्दोलनमा आइतबारदेखि कात्तिक १७ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने कार्यक्रम छ।
यस्तै‚ मंगलबार सर्वोच्च अदालत प्रांगणमा विरोधसभा आयोजना गर्ने बारले जनाएको छ। प्रधानन्यायाधीश राणाले सरकारमा भागवण्डा खोजेको विषय बाहिरिएपछि बारले उनको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेको हो। प्रधानन्यायाधीश प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन्।
प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश बाहिरिएपछि आइतबार न्यायाधीहरूले उनीसँग वार्ताका लागि तीन सदस्यी टोली बनाएको छ। साथै‚ न्यायाधीहरूहरू छलफलमा जुट्ने र बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाई गर्ने बारे छलफल गर्ने तयारीमा छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam