कपिलवस्तुमा जनगणनाको तयारी अन्तिम चरणमा : ५८२ जना गणक खटिने
सागर वि.क. : कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।
जिल्लामा जनगणनाका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको उहाँले जानकारी दिनुभयो ।
दुई चरणमा गरिने जनगणनामा यसअघि कलिलवस्तुमा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । अब दोस्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्ने उहाँको भनाई छ । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन जिल्ला जनगणना कार्यालय दाङका प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो ।
१०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै कुर्मीले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । बाणगंगामा १०६ जना गणक खटिने जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिनुभएको छ । बुद्धभूमिमा प्रश्नावली वितरणको कार्य सम्पन्न भईसकेको र बाणगंगामा पनि अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धभूमिमा ७७ जना गणक खटिदै छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam