जलवायु सहकार्यका लागि अमेरिका–चीन सहमत
काठमाडौं : विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक गर्ने देश चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमति नजिक पुगेका छन्।
दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले जलवायु परिवर्तनसँग लड्ने प्रयासहरु दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्।
चीन र अमेरिकाले सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको लक्ष्य प्राप्त गर्न एक साथ कामगर्न आफ्नो दृढ प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ। यो लक्ष्य पूरा गर्न रहेको ठूलो खाडल कमगर्ने प्रयासहरू बढाउन पनि उनीहरूले आह्वान गरेका छन्। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरशले ची र अमेरिकाबीच जलवायु सहकार्यमा भएको सहमतिको स्वागत गरे। उनाले यो सम्झौतालाई सही दिशामा एक महत्वपूर्ण कदम भएको उल्लेख गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam