कैलालीमा युवकको हत्या आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक
धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।
घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ ।
मंगलबार राति हत्या गरिएका बडुवालको बुधबार परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन् । हत्याको विरोधमा बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam